रुकुमपूर्वमा बस दुर्घटना, तीन जनाको मृत्यु

रुकुमपूर्वमा बस दुर्घटना, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुकुम पूर्वमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

काठमाडौंदेखि रुकुमकोट जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए ।

बिहीबार दिउँसो साढे २ बजेको समयमा जिल्लाको भूमे गाउँपालिका वडा नं ३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

Skip This
Skip This
Logo