नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोही अवधीमा थप १ सय ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार ३ हजार २ सय ६२ नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३१, ललितपुरमा ४ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ३८ जना संक्रमित थपिएका छन्।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ५ रहेको छ। जसमध्ये होम आइसोलेसनमा १ हजार ३ सय ६२ र संस्थागत आइसोलेसनमा ४३ जना रहेका छन्।





























प्रतिक्रिया