चुरे संरक्षण र विकासका लागि मधेस प्रदेशमा प्रतिष्ठानको स्थापना

चुरे संरक्षण र विकासका लागि मधेस प्रदेशमा प्रतिष्ठानको स्थापना

केन्द्रबिन्दु
0
Shares

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान मधेस प्रदेशमा स्थापना भएको छ ।

मधेस प्रदेशको मुख्य मुद्दा चुरे संरक्षण र विकासलाई विशिष्टिकृत गर्ने उद्देश्यले प्रदेशका चुरे क्षेत्रलाई ध्यानमा राखेर बिहीबार बर्दिबासमा औपचारिक रुपमा स्थापना भएको हो ।

चुरे संरक्षणमा लामो समयदेखि निक्कै चासो देखाउँदै आएका पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मधेस प्रदेशमा स्थापना भएको उक्त प्रतिष्ठान ठूलो उपलब्धि भएको बताए । ५ पुस २०७६ मा पोखरेलले मधेस प्रदेशमा चुरेको समस्या झांगिँदै गएको प्रति ध्यानाकर्षण भएको जनाउँदै सरोकारवाला निकायलाई भेला गराएर बृहत् छलफल समेत गराएका थिए ।

२०७६ सालदेखि आफूले चालेको अथक प्रयास शुक्रबार आएर सफल भएकोप्रति खुसी व्यक्त गर्दै चुरे संरक्षण र विकासमा यो प्रतिष्ठान कोसेढुंगा सावित हुनेमा नेता पोखरेलले विश्वास ब्यक्त गरे । नदीजन्य वस्तु बेचेर समृद्धको परिकल्पना गर्न नसक्नेतर्फ ध्यानाकर्षण जनाउँदै नेता पोखरेलले भने  ‘उत्खनन गर्दा राज्यको नियन्त्रणमा रहेर गर्नुपर्छ तर गर्न हुँदै, हुँदैन भनेको चाहिँ हैन ।’ चुरे संरक्षणको लागि हरित अभियानमा ध्यान  दिनुपर्ने नेता पोखरेलको सुझाव छ । यसअघि मधेसमा तीन लाख बिरुवा रोपेर त्यस्को औपचारिक सुरुवात गरिएको उनले बताए । 

नेपाल एकेडेमी विज्ञान, प्रविधिका प्राध्यापक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान मधेस प्रदेशका ब्यवस्थापन समितिका अध्यक्ष पारसनाथ यादवले पनि चुरेको समस्या जटिल बन्दै गएको बताए ।

सबैभन्दा उत्तम पारिस्थितिक प्रणाली रहेको चुरे क्षेत्र नासिँदै जानु मानव अस्तित्वमै संकट सिर्जना हुनेतर्फ उन्मुख भएको बताउँदै प्रा.डा. यादवले ४० देखि ५० लाख जनसंख्या यही क्षेत्रमा रहेको बताए । ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रमा ७२ प्रतिशत जंगल छ भने नेपालको कुल भूभागको १३ प्रतिशत क्षेत्रफल चुरेले नै ओगटेको छ ।

Skip This
Skip This
Logo