बेपत्ता दुई जना बालक मृत फेला

बेपत्ता दुई जना बालक मृत फेला

केन्द्रबिन्दु
0
Shares

खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढि नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोही खोलाको किनारमा फेला परेको हो । 

घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडि खेल्ने क्रममा डुवेको हुन सक्ने प्रहरी जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo