महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।  

वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन् । अमिना शुक्रवार  घास  काटन जंगल गएकी थिइन् । मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको  खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको पकृती हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाइ यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ । घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि वढाइएको र रातिसव भेटिएको हुनाले पोष्टमार्टमको लागी विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन् ।

Logo