अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा स्काउटको साइकल -याली

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा स्काउटको साइकल -याली


नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा साइकल -याली गरेको छ । स्काउटले शनिबार काठमाडौंमा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साइकल -याली गरेको हो । 

कार्यक्रम बिहान ८ बजेदेखि टोखा, भक्तपुरदरबार क्षेत्र, पाटन दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, कृतिपुर, स्वयम्भुनाथ स्तुपा, तारकेश्वर र बौदनाथ स्तुपाबाट सुरु भएको -याली वसन्तपुर दरबार क्षेत्रमा  गएर टुङ्गिएको थियो ।

उक्त -यालीमा विभिन्न स्थानबाट गरी १ हजार भन्दा बढीले सहभागिता जनाएका थिए । साइकल -याली सकिएपछि वसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताएका छन् । उनले कुनै पनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामूलक कार्यक्रमको आयोजना गरेको बताएका हुन् । 

त्यस्तै नेपाल स्काउट तारकेश्वर नगरपालिकाका उपसंयोजक पूर्णप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा शान्तिपूर्ण कार्यक्रम गरेर शान्तित्वको स्थापना गर्नुपर्ने सन्देश दिएको बताएका छन् । 

Logo