ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुमा शिवराज नगरपालिका वडा नं ३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना८ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो ।

छोरीसहित ससुराली घर आएका थापालाई बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका थापाको उपचारका लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा उनकी तीन वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते थापाको बुटवलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

Logo