सरकार सँगको १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

सरकार सँगको १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

केन्द्रबिन्दु
0
Shares

चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन्।

सरकार र डा. केसीबीच १० बुँदे सहमति भएपछि डा केसीले शनिबार साँझ अनसन तोडेका हुन् । सरकारसँगको सहमतिपछि डा केसीले १३ औं दिनमा अनशन तोडेका हुन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन्। अनशन तोडेपछि केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन् ।
सरकारी वार्ता टोली र डा. केसीले सहमतिमा हस्ताक्षर गरेका छन्। डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए।

Skip This
Skip This
Logo