तीन जना एसएसपीको सरुवा

तीन जना एसएसपीको सरुवा

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले ३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरेको छ ।

बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । 

तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए । सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् ।

Logo