न्यूरोड जमल र भोटाहिटीमा फूलपातीसम्म सवारी प्रवेश निषेध

न्यूरोड जमल र भोटाहिटीमा फूलपातीसम्म सवारी प्रवेश निषेध

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको न्युरोड, जमल र भोटाहिटीमा दशैंमा हुन सक्ने सवारी चापलाई मध्यनजर गर्दै सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।   

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रे समेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ। 

कार्यालयले आइतबार एक सूचना जारी गर्दै असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सम्मलाई सवारी साधन प्रवेशमा रोक लगाएको हो । 

कार्यालयले सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि (डाइभर्सन) गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ। प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारी धनीमा आग्रह गरेको छ। 

Skip This
Skip This
Logo