पर्सामा चट्याङ लागेर बालकको मृत्यु, तीन जना घाइते

पर्सामा चट्याङ लागेर बालकको मृत्यु, तीन जना घाइते

केन्द्रबिन्दु
0
Shares

पर्सामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते पनि भएका छन् ।

सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेको थियो । त्यसक्रममा सिद्धान्त सहित फुलनेसा खातुन र भिखारी राउतका १३ वर्षीय छोरा अर्जुन राउत घाइते भएका छन् ।

उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुरयाउँदा चिकित्सकले  सिद्धान्तको मृत्यु भईसकेको बताएका थिए । घाइते मध्ये अर्जुनको अवस्था गम्भिर छ । उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । घाइते फुलनेसाको अवस्था भने सामान्य रहेको र उनको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo