1
1
1
1
1
0
Shares

पहिरो पीडितलाई नगदसहित राहत वितरण

1
1
1
1
1
1
1
1

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । 

अविरल वर्षासँगै आएको पहिरोले आइतबार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।

पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको थियो । 

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बासस्थान व्यवस्थापनका लागि रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।  

हाम्रा पालिका

प्रकाशित: १० असोज २०७९ १४:२७ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी