मनास्लुमा हिमपहिरो, केही आरोही बेपत्ता भएको आशंका

मनास्लुमा हिमपहिरो, केही आरोही बेपत्ता भएको आशंका

केन्द्रबिन्दु
0
Shares

गोरखाको मनास्लु हिमाल क्षेत्रमा हिम पहिरो गएको छ। सोमबार अपरान्ह चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो खसेको हो । 

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्‍याउन जाँदा हिमपहिरो खसेको हो। हिमपहिरोमा परी केही आरोही वेपत्ता भएको भनिए पनि यकिन विवरण भने प्राप्त भएको छैन। साथै हिमपहिरो जाँदा दर्जन बढी व्यक्ति घाइते पनि भएका छन् । 

हाल उद्धारका लागि त्यसतर्फ हेलिकप्टर गएको तर, मौसम खराबीले कठिनाइ भएको बताइएको छ । 

Logo