मनास्लु हिमपहिरोः एक जनाको मृत्यु, १५ जना घाइते

मनास्लु हिमपहिरोः एक जनाको मृत्यु, १५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ । 

हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । हिमपहिरोमा परेर करिव १५ जना घाइते भएका छन् ।

अन्य मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको उनले जानकारी दिए । उनले खराव मौसमका कारण उद्धारमा समस्या भएको पनि बताए । घाइतेको उद्धारका लागि दुई वटा हेलिकप्टर पठाइए पनि मौसम प्रतिकूल हुँदा मनास्लु आधार शिविरतर्फ जान सकेको छैन। 

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुस्किल भएको उनको भनाइ थियाे । 

Logo