दैलेखमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

दैलेखमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् । खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट हिजो बेलुकी ८ बजे नेपाली खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको हो । 

ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ । 

Skip This
Skip This
Logo