नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूची हेरफेर गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको चिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बन्दसूची हेरफेर गरेर असोज १५ गते शनिबारसम्म अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । बैठक ओली निवास बालकोटमा बिहीबार साँझदेखि सुरु भएर अबेर रातिसम्म चलेको थियो ।
बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको छ । प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारबारे भने सचिवालयको अर्को बैठक बसेर टुंगो लगाउने तय भएको छ। यस्तै उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई दिइएको छ।































प्रतिक्रिया