बर्दियामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

बर्दियामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

केन्द्रबिन्दु
0
Shares

बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् । 

मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो । गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो । 

ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ । 

Logo