सल्यानमा जीप दुर्घटना, दुईजनाको मृत्यु

सल्यानमा जीप दुर्घटना, दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

गाउँपािलकाको वडा नं. ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । 

उकालोमा ‘ब्याक’ गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको छ। घाइतेको संख्याबारे एकिन नभएको प्रहरीले जनाएको छ । 

Logo