ठाडा दहमा डुवेर ३७ वर्षिय खिम बहादुर नेपालीकाे मृत्यु

ठाडा दहमा डुवेर ३७ वर्षिय खिम बहादुर नेपालीकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएको छ ।

दहमा डुवेका शितगंगा –३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो । विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरिएको थियो । 

उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएको थियो। प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ । पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए । ूयहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन रेग्मीले भने तर उहाँ जिवित भने हुनुहुन्न ।

नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।

Logo