अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्‍यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए । मृतककाे सनाखत भएकाे छैन । घाइतेहरुको उद्धारको कार्य जारी छ, उनीहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका लागि पठाउने कार्य भइरहेको उनले बताए । 

दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।

Skip This
Skip This
Logo