अमलेखगंजमा यात्रुवाहक बस दुर्घटना अपडेटः मृत्यु हुने १४ पुगे

अमलेखगंजमा यात्रुवाहक बस दुर्घटना अपडेटः मृत्यु हुने १४ पुगे

केन्द्रबिन्दु
0
Shares

बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६००१ ख ०११० नम्बरको बस  अनियन्त्रित भएर खोलामा झरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । मृतककाे सनाखत भएकाे छैन । 

उक्त दुर्घटनामा १५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।  घाइतेहरुको उद्धारको कार्य जारी छ भने उनीहरूकाे चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । थप विस्तृत विवरण आउन बाँकी छ । 

Logo