बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ।
हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । मृतकको सनाखत भएको छैन । उक्त दुर्घटनामा १५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धारको कार्य जारी छ भने उनीहरूको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । थप विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया