जुम्लाकाे कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर ज्यान जानेको संख्या ७ पुगेको छ ।
गाउँपालिकाको बाराकोटे बाडामा पहिरो जाँदा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमोल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको रहेका छन् ।
सो घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दसहितको टोली थप उद्धारका लागि खटिएको छ। त्यस्तै बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर बेपत्ता भएका छन् । हिमा गाउँपालिका ३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको खोजी कार्य भइरहेको छ ।































प्रतिक्रिया