आज कोजाग्रत पूर्णीमा : बडादसैँ आजदेखि समापन हुँदै

आज कोजाग्रत पूर्णीमा : बडादसैँ आजदेखि समापन हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ आजदेखि समापन हुँदैछ । 

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै धिबिधान आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्र विद् प्रा डा रामचन्द्र गौतमले बताए । 

माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गर्ने प्रचलन रहि आएको छ ।
 

Logo