डेंगु संक्रमित बुटवलका पत्रकारको मृत्यु

डेंगु संक्रमित बुटवलका पत्रकारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवलका पत्रकार टेक मास्की रानाको मृत्यु भएको छ । दुई साता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको हो । 

स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाएका थिए । केही वर्ष अघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् । घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको छ।

Skip This
Skip This
Logo