हेटौंडाका पत्रकार कौशल पाण्डेको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा बिहीबार साँझ हेटौंडा–४ कमलडाँडास्थित निवासमा निधन भएको हो ।
उनको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो । उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरले जनाएको छ ।
पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्। हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्ध साप्ताहिकको प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए ।































प्रतिक्रिया