छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
छठ पूजाका लागि काठमाडौँको गौरीघाटमा पूर्ण तयारी भइसकेको छ । छठ पूजाका लागि अधिकांश व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रका व्रतालुहरु साँझ घर फर्कछन्, र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्। यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
हेर्नुहाेस्, तस्विरहरु-
तस्विर- गीता बुढाथाेकी / केन्द्रबिन्दु
फोटो फिचर समाज संस्कृति/सम्पदाप्रकाशित: १३ कात्तिक २०७९ १४:०६ आइतबार