प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 
 

Logo