मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि दिने अनलाइन आवेदन प्रभावित हुने भएको छ । 

शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आगामी मंसिर १ गतेदेखि लाइसेन्सका लागि दिइने अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएको हो । निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभए सम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको विभागले जनाएको छ । 

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । जसका लागि सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने निर्वाचन आयोगले जनाइसकेको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन गर्न लागिएको हो । 
 

Skip This
Skip This
Logo