ओखलढुंगामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

ओखलढुंगामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको आरोपमा उनका श्रीमान रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । 

रामबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य विवादमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । चिर्पटले हिर्काउँदा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

Logo