आज देशका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु (कुहिरो) लागेर चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
साथै, राति पनि सदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।































प्रतिक्रिया