जाजरकोट जीप दुर्घटनाः जीपमा सवार १२ जनाकै मृत्यु

जाजरकोट जीप दुर्घटनाः जीपमा सवार १२ जनाकै मृत्यु

केन्द्रबिन्दु
0
Shares

जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । 

सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।

यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट डिएसपी सन्तोष निरौँलाले बताए ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो । छेडागाड नगरपालिका ५ लेवाका दिपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दा गर्दै आइतबार दिपक र छेडागाड नगरपालिका ४ भल्कुवाका महेश थापाबीचमा विवाद भयो ।

विवादको क्रममा दिपक र महेशको बीचमा कुटाकुट भयो । दिपक घाइते भए । गाउँलेहरुले झगडा छुट्याए । तर दिपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपद्वारा प्रहरी कार्यालयसम्म पुर्याइदिन आग्रह गरे ।

दिपकसँगै बिहेमा भोज खाना आएका अन्यपनि सोही जिपमा फर्केनेक्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दिपकसँगै अन्य बिहे भोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो ।

Logo