दाइजोको लागि श्रीमतीलाई कुटपिट गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् ।
श्रीमती नेहा चौधरीले दिएको जाहेरीको आधारमा महोत्तरी रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय डा. चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । हाल दाइजो विरुद्धको कसूरमा कारबाही अघि बढाउन पंकजमाथि हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गत फागुनमा नेहा र पंकजले लामो समयको प्रेम सम्बन्धलाई सामाजिक परम्परा अनुसार विवाहमा परिणत गरेका थिए । विवाहमा नेहाको परिवारले सुनचाँदी, फर्निचर सामानसहित गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेका थिए । तर, पछि दाइजो नल्याएको निहुँमा पंकजले नेहामाथि कुटपिट गरी घर निकाला गरेका थिए ।





























प्रतिक्रिया