बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते  भएका छन् । 

घाइते हुनेहरूमा जिप चालक डोटीको जोरायल गाउँपालिका २ का बिष्णु भट्ट, बझाङ बुङ्गल नगरपालिकाकी  हर्का देवी धामी, सचिन धामी , मैनादेवि बोहरा, लालीदेवि कार्की र धनसरा सिंह रहेका छन् ।

गएराति धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१–००१ च ३३८८ नम्बरको जिप पुर्चौडी नगरपालिका ७ सुइलेकमा दुर्घटनामा परेको हो । घाइतेहरुलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo