काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज २८औं महानगर दिवस मनाइरहेको छ । कार्यक्रम मनाउने क्रममा महानगरपालिकाको केन्द्रीय कार्यालयसहित मातहतका सबै कार्यालय आज बन्द गरेको छ ।
महानगरले एक सातादेखि नै विभिन्न कार्यक्रम आयोजना गरी महानगर दिवस मनाइरहेको छ । जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल, फोहोर वर्गीकरण गर्न सचेतना, निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गरिरहेको छ ।






























प्रतिक्रिया