आजदेखि सवारीसाधनको प्रदूषण जाँचमा कडाइ, एक लाखसम्म जरिवाना

आजदेखि सवारीसाधनको प्रदूषण जाँचमा कडाइ, एक लाखसम्म जरिवाना

केन्द्रबिन्दु
0
Shares

वातावरण विभागले आजदेखि प्रदूषण जाँचपास नभएका सवारीसाधनहरूलाई कडाइ गर्ने भएकाे छ । 

वातावरण विभागले गत २२ मंसिर नै सूचना जारी गरेर १ पुसपछि नियमित जाँच हुने तथा त्यसमा पास नभएका सवारीसाधनलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको थियो ।

आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने विभागले सूचना जारी गरेकाे छ । सवारीसाधनको मर्मत गर्न र वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा पर्ने भएका छन् । विभागले वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको जनाएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहाेर जलाउने तथा खुलारूपमा फोहाेर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहाेर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।

Logo