विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर्न जिफन्टको दवाव

विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर्न जिफन्टको दवाव

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ । 

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएका हुन् । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भिर नभएकोप्रति आक्रोश समेत व्यक्त गरे । 

अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकहरुलाई पनि आग्रह गरे । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै रोजगारीको अवसर सृजना गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

उनले भने- ‘मुलुक रेमिट्यान्सको भरमा चलेको छ । तर वैदेशिक रोजगारीमा गएकाहरुको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन । त्यस काममा सरकार गम्भिर भएर उनीहरुको समस्या तत्काल समाधान गर्नु पर्दछ ।’ 

जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

Logo