टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार धनगढी शोरुमबाट शुरु भएर शालिनी वाटिका एण्ड ईको रिसोर्ट-गोदावरीमा पुगेर सम्पन्न भएको हो ।
उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सो क्रममा सहभागि राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सुरक्षा सावधानीहरुका साथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।































प्रतिक्रिया