ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

राजमार्गमा बिग्रिएर रोकिराखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिमरीका वर्ष २६ का भुवन पहाडी र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २७ को रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरी मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको छ।

Skip This
Skip This
Logo