काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सार्वजनिक स्थानमा बनाइएका घरटहरा डोजर लगाएर भत्काएको छ । बुधबार धोबीखोला किनारका सार्वजनिक जग्गामा निर्माण भएको अवैध संरचनामा महानगरले डोजर चलाएको हो ।
महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो । डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसार्न थालेका हुन् । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।





























प्रतिक्रिया