रुपन्देहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुपन्देहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल बुधबार बिहान पौने २ बजे दुर्घटनामा परेको थियो । 

Skip This
Skip This
Logo