१९ वर्षपछि रिहा भए चार्ल्स शोभराज, लगाइयो अध्यागमनको जिम्मा

१९ वर्षपछि रिहा भए चार्ल्स शोभराज, लगाइयो अध्यागमनको जिम्मा

केन्द्रबिन्दु
0
Shares

विकिनी किलरका रुपमा चिनिएका कुख्यात अन्तर्राष्ट्रिय अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । 

सर्वोच्च अदालतले केन्द्रीय कारागार सुन्धारामा कैद रहेका शोभराजलाई मुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएसँगै शोभराजलाई शुक्रबार अध्यागमन विभागलाई बुझाइएकाे हाे । उनलाई बिहीबार नै रिहा गर्ने तयारी भएपनि विभागमा राख्ने व्यवस्थापन नभएकाले आज मात्रै छाडिएकाे हो । 

दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् । उनले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो ।

तर, कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । शोभराज हाल ७८ वर्ष पुगिसकेका छन् । 

आवश्यक कानुनी प्रक्रिया अपनाएर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी भएको छ । 

चार्ल्स  शोभराजसँग जेलभित्रै विवाह गरेकी नेपाली नागरिक निहिता विश्वासले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । नेपालमा आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै फ्रान्स जान पाउनु पर्ने निहिताले माग गरेकी छन् । जेलमुक्त भएका शोभराज अध्यागमनकै निगरानीमा फ्रान्स नजाउन्जेल अध्यागमनकै निगरानीमा हुनेछन् । विभागले उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने जनाएको छ ।

Skip This
Skip This
Logo