सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज निष्कासित भएका छन् । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली शोभराज शुक्रबार साँझ निष्कासित भएका हुन् ।
विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्चले आदेश दिएको थियो। ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा उनले सजाय काटिरहेका थिए ।शोभराजलाई शुक्रबार अध्यागमन विभागमा बुझाइएको थियो ।
त्यसैबीच गृह मन्त्रालयले शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने निर्णय गरेको थियो । त्यसपछि शोभराजलाई स्वदेश फिर्ता गराउनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगिएको थियो । साँझ उनी कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्सका लागि प्रस्थान गरिसकेको बताइएको छ । उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६:३५ बजे पेरिसमा उत्रने छन् ।































प्रतिक्रिया