दक्षिणकाली नगरपालिका–२ इँटाभट्टामा पानी ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
३ जना घाइते भएका छन् । सिन्धुलीका २१ वर्षीय रविन वाइबाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घाइतेहरू ट्याङ्कर चालक काठमाडौं घर भएका २३ वर्षीय सूर्य लामा, दोलखाका १८ वर्षीय अनिल दाहाल र सिन्धुलीका ३६ वर्षीय मानक वाइबाको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार बेलुकी बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्र अनियन्त्रित भइ सडकबाट ३० मिटर तल खसेको हो ।





























प्रतिक्रिया