आजको मौसम

आजको मौसम

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आज बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा भने मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  देशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति भने देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश–१ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo