टाटाका नक्कली पार्ट पुर्जा बेच्ने एक पक्राउ

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने एक पक्राउ

केन्द्रबिन्दु
0
Shares

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक शिव रौनियारलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । लामो समयदेखि भारतबाट अबैध रुपमा नक्कली पार्टस् झिकाई बिक्रीवितरण गर्दै आईरहेको जनगुनासो ब्यापक रुपमा पाएपछि छापा मार्ने क्रममा सञ्चालकलाई अनुसन्धानका नियन्त्रणमा लिइएको हो । 

अनुसन्धानको क्रममा रौनियारले टाटाका नक्कली पार्टस् बिक्रीवितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएकोसमेत प्रहरीले जनाएको छ । 

Logo