भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

केन्द्रबिन्दु
0
Shares

बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । 

बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले बताए । जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई उडान नभएको विमानस्थलले जनाएको छ । ‘अहिलेसम्म कुनै उडान भएको छैन र हुने सम्भावना पनि देखिँदैन’, प्रमुख खनालले भने । 

कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल प्रमुख खनालले बताए । आज बिहानैदेखि छ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाका सबै उडान रद्द गर्नुका साथै काठमाडौँका लागि सबै उडान रद्द गरिएको उनले बताए ।

नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।
 

Skip This
Skip This
Logo