सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय देवु सदाको चिसोका कारण मृत्यु भएको हो। खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ। तराईका जिल्लामा एक साताअघिदेखि बढेको अध्यधिक चिसोले जनजीवन प्रभावित भएको छ।





























प्रतिक्रिया