माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा

माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ । प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।

प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।

Logo