पोखरा विमानस्थल बन्द, दुर्घटनास्थलमा पुगे मुख्यमन्त्री अधिकारी

पोखरा विमानस्थल बन्द, दुर्घटनास्थलमा पुगे मुख्यमन्त्री अधिकारी

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पोखरामा भएको यति एयरको विमान दुर्घटनास्थलमा पुगेका छन् ।

आइतबार बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त परेको हो । सो विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना  सवार रहेका थिए । हालसम्म ३२ जनाको शव निकालिएको जानकारी प्राप्त भएको छ । साथै घटनास्थलबाट घाइते यात्रुलाई पनि अस्पतालमा लैजाने क्रम जारी छ । 

हाल विमानस्थल पूर्णरुपमा बन्द रहेको बताइएको छ । 

Logo